नेपाल सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा भत्ताका लागि योग्य सबै लाभग्राहीहरुको पँहुच सुनिश्चित गर्न बनेको आधारभूत कार्यविधि २०८२ मा आधारित भएर नारायण नगरपालिका दैलेखलाई सामाजिक सुरक्षा भत्तामा शतप्रतिशत पँहुच सुनिश्चित गरिएको भनि यहि मंसिर १० गते घोषणा पनि गरिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि योग्य भईकन पनि विविध कारणले सेवाबाट बाहिर रहेका वा भत्ता वितरण प्रणालीमा दर्ता हुन नसकेका व्यक्तिहरुको पहिचान, आवश्यक सहयोग र दर्ता प्रक्रियामा सहजीकरण गर्दै उनिहरुको पँहुच सुनिश्चित गर्नका लागि यस नगरपालिकाले आफ्नै कार्यविधि निमार्ण गरि वडा तथा समुदाय स्तरमा पूर्ण रुपले कार्यान्वयन गरेको छ । यसरी कार्यविधिको प्रयोग गरि ३८ जना योग्य तर छुटेका लाभग्राहीहरुको पँहुच सुनिश्चित गरिएकोछ । अब देखि थपिने नँया योग्य लाभग्राही बाहेर अन्य कुनैपनि व्यक्ति यस कार्यक्रमबाट छुटेका छैन भनि नगरपालिकाले औपचारिक रुपमै सुनिश्चित गरेको छ । र, आगामि प्रत्येक वर्ष ९कम्तिमा वर्षको एकपटक० यस नगरपालिकाले यसैगरि सबैको पँहुच सुनिश्चित गर्ने कार्य गर्नेछ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सबै आधारहरु पूरा भएपनि विविन्न कारणले अझैपनि केहि व्यक्तिहरु छुटिरहेका छन, सेवा बाहिर रहेका छन , स्थानीय सरकारको सहयोग र सहजीकरण आवश्यक छ भनि आवश्यकता महसुस गराउने, आवश्यक कार्यविधि तयार गर्ने, उक्त कार्यविधिको पूर्ण कार्यान्वयन गर्ने र शतप्रतिशत पँहुच सुनिश्चित भएको कुरा औपचारिक रुपमा घोषणा गर्ने प्रक्रियामा पहुँच परियोजना मार्फत निरन्तर प्राविधिक तथा अन्य आवश्यक सहयोग र सहजीकरण सहयोग उपलब्ध गराउने स्थानीय गैह्रसरकारी संस्था एभेरेष्ट क्लब दैलेख, र अन्तराष्टिय गैह्रसरकारी संस्था सेभ द चिल्डे«न ईन्टरनेशनललाई हार्दिक धन्यवाद । यस सम्बन्धि आधारभूत कार्यविधि २०८२ लाई पूर्ण रुपमा कार्यान्वय गरि नगरपालिकालाई नेपालकै पहिलो नगरपालिकाको रुपमा घोषण गर्न सफल बनाउनका लागि हरहिसाबले जीम्मेवारी पूरा गर्ने, भुमिका निवार्ह गर्ने, आवश्यकता अनुसार सहयोग गर्ने सबै वडाका वडा अध्यक्ष ज्यूहरु, वडा सदस्य ज्यूहरु, कार्यसमिति सदस्य ज्यूहरु, वडा सचिव ज्यूहरु, समुदायका स्वयमसेवक र समाजसेवी व्यक्तित्व, सामाजिक सुरक्षा शाखा तथा नगरपालिकाको सबै शाखा र कार्यालयमा कार्यरत सबै कर्मचारीहरुलाई धेरै धन्यवाद । कोहि नछुटुन कोहि नदोहोरिऊन भन्ने हाम्रो प्रतिवद्धता पूरा भएको छ । धन्यवाद ।
सूचना
फोटो ग्यालरी
नारायण नगरपालिका नगर सभाको १४ औं अधिवेशन नगरपालिकाको संकल्प “समृद्ध नगर आत्म निर्भर नगरबासी स्वच्छ नगर सुखी नगरबासी” भन्ने नाराका साथ मिति २०८१ साल असार १० गते नगर सभाको हालमा पहिलो बैठक सम्पन्न भएको छ । १४औं अधिवेशनको पहिलो बैठकले आदरणीय नगर प्रमुख लोमन शर्मा द्धारा आर्थिक वर्ष २०८१।२०८२ को लागी प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम सुझाव सहित नगर सभाले पास गरेको छ भने नगर उपप्रमुख श्री तप्ताकुमारी खड्का थापालेआर्थिक वर्ष २०८१।२०८२ को लागी प्रस्तुत गर्नू भएको विनियोजन विधेयक र अर्थ विधेयक माथी परेका संसोधन सहित दफावार छलफलका लागि यहि असार २८ गते विहान ११ बजे पुन नगर सभाको १४ औं अधिवेशनको दोस्रो बैठक बस्ने भएको छ । प्रस्तुत निति तथा कार्यक्रम र बजेटका मुख्य प्राथामिकताहरु शिक्षा, स्वास्थ्य, सडक, सिचाई, खानेपानि, विधुतीकरण, कृृर्षी व्यवसाय, पशुपालन व्यवसाय, साना तथा लघु घरेलु उधोगको विकास, विपद व्यवस्थापन, जलबायु अनुकुलन, महिला बालबालीका, दलित, आपांगता र जेष्ठ नागरिकको क्षेत्रका साथै नागरिक मैत्रि सेवा प्रवाह, पालिकाको योजना बद्ध विकासको लागि आवधिक योजना र पालिकाले तयार गरेको योजना बैंकमा रहेका योजनाहरुलाई उच्च प्राथामिकतामा राखी बजेट विनियोजन गर्ने, पर्यटकीय क्षेत्रको पुर्वाधार निर्माण, युवा तथा खेलकुदको विकासका लागि नगर खेलकुद विकास समिति गठन आदि रहेका छन् । भने आगमि आर्थिक वर्षका लागी निति तथा कार्यक्रमको कार्यन्वयनका लागी पालिकाको शर्शत अनुदान, वित्तिय समानिकरण, विभिन्न विकास साझेदारहरु संगको साझेदारीमा कुल बजेट ७३ करोड ८लाख ६०हजार २सय १३ रुपैयाको प्रस्तावित बजेट प्रस्तुत भएको छ । नगर सभामा पालिकाले विभिन्न क्षेत्रमा सहयोग गरि योग्दान गर्नु हुने करदाता, कृषक, शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ ।
नारायण नगर पालिकाकाे आगामी आर्थिक वर्ष २०८१।०८२ काे नीति तथा कार्यक्रम का लागि सर्वपक्षीय सुझाव संकलन कार्यक्रम आज मिति २०८१ साल असार ४ गते जिल्ला समन्वयको सभा हलमा नगर प्रमुख लाेमन शर्माको अध्यक्षता, प्रमुख अतिथि संघीय संसदका शिक्षा ,स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति माननीय अम्मर बहादुर थापा, बिशेश अतिथि राष्ट्रिय सभा सदस्य माननीय सावित्री मल्ल, पुर्व प्रतिनिधि सभा सदस्य रवीन्द्र राज शर्मा, पुर्व नगर प्रमुख रत्नबहादुर खड्का , राजनैतिक दलका प्रमुख , प्रतिनिधि , नागरिक समाजका प्रतिनिधि ,नगरबासिकाे उपस्थितिमा आगामि आ व को लागि नीति कार्यक्रमका लागि सुझाव संकलन गरि सम्पन्न भएको छ ।
नारायण नगरपालिकाको प्रमुख प्रशाससकीय अधिकृत दिपक कुमार आचार्यको अध्यक्षतामा सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले आ व ०८०।०८१ को वार्षिक प्रगति समिक्षा गर्ने र आगामि दैैनिक कार्यसमिक्षा गर्ने निर्णय गरेको छ।