नारायण नगरपालिकालाई डम्बर बहादुर कटुवालज्यूबाट वडा न ४ कार्यालय भवनका लागि र ज्वारा थापाज्यूबाट वडा नं. ९मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि निःशुल्क जग्गा प्रदान गरी योगदान पुर्याउनु भएको तथा नारायण आधारभूत विद्यालयले वडा नं. १ कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुभएकोले उच्च कदर सहित नगरसभाको अठारौं अधिवेशन समापनका क्रममा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ।
सूचना
फोटो ग्यालरी
नारायण नगरपालिकाको १८औं नगरसभा अधिवेशन मिति २०८३ असार ७ गते सरूभई १४ गते सफलतापूर्वक सम्पन्न भएको छ!
सभा सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्नुहुने सबै राजनीतिक दल, नगरसभाका सदस्यज्यूहरू, कर्मचारी, संचारकर्मी, निजी क्षेत्र तथा सामाजिक क्षेत्र लगायत सम्बद्ध सबैलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं!
सभाको यस अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, परिमार्जित बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन सर्बसम्मत रूपमा पारित भएका छन्! त्यसैगरी, कार्यपालिकाका निर्णयहरू, चालु आ.ब.को प्रगति अनुमोदन लगायतका निर्णयहरू भएका छन्।
"समृद्ध नगर, आत्मनिर्भर नगरवासी, स्वच्छ नगर सुखी नगरवासी" सोच पूरा गर्न सम्पूर्ण राजनीतिक दलहरू, नगरवासी, निजी क्षेत्र, सामाजिक क्षेत्र र सम्बद्ध सबैको साझा संकल्पको अपेक्षा गर्दछौं।
"समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास" यस वर्षको विश्व वातावरण दिवसका दिन नारायण नगरपालिकाको आयोजनामा विभिन्न सरकारी निकायहरू सुरक्षा निकायहरू गैरसरकारी संस्थाहरूको समन्वयमा दैलेख बजार स्थित कोतगढीको सरसफाई तथा सौन्दर्यकरण लगायतका कार्यक्रममार्फत् मनाइएको छ।
२०८३/०२/२२
नारायण नगरपालिका भित्र रहेको संभावित विश्वसम्पदा सूचीमा रहेको २२ देवल सहित संरक्षित स्मारक क्षेत्र घोषणाको पूर्वतयारी तथा पालिका भित्रका सम्पूर्ण सम्पदाहरू संरक्षणमा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गज्यू सहितको टोलीसँग स्थलगत निरीक्षण र अन्तर सम्वाद कार्यक्रम गरिएको छ।
नवप्रवर्तनमुखी १२५ युवा महिला उद्यमी विकास:
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) र नारायण नगरपालिकाको साझेदारीमा 'नवप्रवर्तन साझेदारी परियोजना' (IPF) अन्तर्गत १८ देखि ४० वर्ष उमेर समूहका १२५ जना महिला उद्यमीहरूलाई 'आफ्नो व्यवसाय सुरु तथा सुधार गरौँ' (SIYB) विषयक तालिम प्रदान गरिएको छ। उहाँहरूलाई थप कृषि तथा पशुपालनतर्फ विशिष्टिकृत तालिम तथा प्रविधि हस्तान्तरण मार्फत् सफल उद्यमी बन्न टेवा पुऱ्याउने लक्ष्य रहेको छ!
आन्तरिक राजस्व कार्यालय प्रदान हुँदै आएको राजस्व सम्बन्धी सेवा नगरप्रमुख लोमन शर्माज्यूबाट औपचारिक शुभारम्भ!
नारायण नगरपालिकाका सेवाग्राहीले आफ्नै स्थानीय तहबाट प्राप्त गर्ने गरी सुरू यस कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी, आन्तरिक राजस्व कार्यालय सुर्खेतका कार्यालय प्रमुख तथा आन्तरिक राजस्व विभागका निर्देशक, प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य संघ, पत्रकार समेत सरोकारवालाहरूको समुपस्थितिमा सेवाग्राहीहरूलाई व्यक्तिगत तथा व्यावसायिक लेखा दर्ता प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
आज मिति २०८३ साल जेष्ठ ४ गतेका दिन नारायण नगरपालिका दैलेखबाट यस आ.व. मा सम्पादित विकास गतिविधिहरु‚ सेवा प्रवाह प्रणाली तथा सेवाको गुणस्तर र प्रभावकारिताका विषयमा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति सहित भव्यरूपमा नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सुसम्पन्न भयो। यस प्रकारको हाकाहाकी बहस तथा सुझावहरु आदानप्रदान गर्ने कार्यक्रमबाट आगामी रणनीति योजना निर्माणको लागि महत्वपूर्ण पृष्ठपोषण हरू प्राप्त भएका छन् जसलाई नारायण नगरपालिका सदैव महत्वपूर्ण सम्पत्तिको रुपमा ग्रहण गर्नेछ ।
“मिति २०८३ साल जेष्ठ ३ गतेका दिन कर्णाली प्रदेशको सर्वाधिक महत्वपूर्ण प्रसिद्ध धार्मिक तीर्थस्थल महावू गाथमा प्राकृतिक मनोरम दृष्यहरुको दृश्यावलोकन गर्दै कालिकोट जिल्लाका खाँडाचक्र, तिलागुफा नगरपालिका र महावै गाउँपालिका तथा दैलेख जिल्लाका नारायण नगरपालिका र महावू–नौमूले गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरू, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय प्रशासनको सहभागितामा कर्णाली प्रदेश सभाका माननीय उपसभामुखज्यूको प्रमुख आतिथ्यतामा र नारायण नगरपालिकाका नगरप्रमुख श्री लोमन शर्मा ज्यूको अध्यक्षतामा अन्तरजिल्ला तथा अन्तर स्थानीय तहसम्बन्धी बैठक सम्पन्न भयो।
उक्त बैठकमा दैलेख जिल्ला, विशेषगरी नारायण नगरपालिकाको भविष्यसँग जोडिएका विषयहरू, जस्तै दैलेख–कालिकोट–मुगु त्रिदेशीय सडक निर्माण लगायत अन्य महत्वपूर्ण सहलगानिका योजनाहरूको पहिचान गरिएका छन्, जसमा दैलेखलाई प्रत्यक्ष लाभ पुग्ने धेरै विषयहरू समेटिएका छन् ।”
आज मिति २०८३/०१/२५ गतेका दिननारायण नगरपालिका दैलेखका खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख श्री लोमन शर्माको अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष श्री नवराज शाहीको प्रमुख आतिथ्यतामा नारायण नगरपालिका दैलेखलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।