FAQs Complain Problems

Photo Gallery

नारायण नगरपालिकालाई डम्बर बहादुर कटुवालज्यूबाट वडा न ४ कार्यालय भवनका लागि र ज्वारा थापाज्यूबाट वडा नं. ९मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि निःशुल्क जग्गा प्रदान गरी योगदान पुर्याउनु भएको तथा नारायण आधारभूत विद्यालयले वडा नं. १ कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुभएकोले उच्च कदर सहित नगरसभाको अठारौं अधिवेशन समापनका क्रममा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ।

,

नारायण नगरपालिका भित्र रहेको संभावित विश्वसम्पदा सूचीमा रहेको २२ देवल सहित संरक्षित स्मारक क्षेत्र घोषणाको पूर्वतयारी तथा पालिका भित्रका सम्पूर्ण सम्पदाहरू संरक्षणमा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गज्यू सहितको टोलीसँग स्थलगत निरीक्षण र अन्तर सम्वाद कार्यक्रम गरिएको छ।

, , ,

आज मिति २०८३/०१/२५ गतेका दिननारायण नगरपालिका दैलेखका खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख श्री लोमन शर्माको अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष श्री नवराज शाहीको प्रमुख आतिथ्यतामा नारायण नगरपालिका दैलेखलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

, , , , , , , , , ,

नारायण नगर पालिकाकाे आगामी आर्थिक वर्ष २०८१।०८२ काे नीति तथा कार्यक्रम का लागि सर्वपक्षीय सुझाव संकलन कार्यक्रम आज मिति २०८१ साल असार ४ गते जिल्ला समन्वयको सभा हलमा नगर प्रमुख लाेमन शर्माको अध्यक्षता, प्रमुख अतिथि संघीय संसदका शिक्षा ,स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति माननीय अम्मर बहादुर थापा, बिशेश अतिथि राष्ट्रिय सभा सदस्य माननीय सावित्री मल्ल, पुर्व प्रतिनिधि सभा सदस्य रवीन्द्र राज शर्मा, पुर्व नगर प्रमुख रत्नबहादुर खड्का , राजनैतिक दलका प्रमुख , प्रतिनिधि , नागरिक समाजका प्रतिनिधि ,नगरबासिकाे उपस्थितिमा आगामि आ व को लागि नीति कार्यक्रमका लागि सुझाव संकलन गरि सम्पन्न भएको छ ।

, , , , ,

Pages