सूचना
No front page content has been created yet.
नारायण नगरपालिकाको परिचय
नारायण नगरपालिका नेपालको कर्णाली प्रदेशको मुटु नजिकै अवस्थित सुन्दर पहाडी नगरपालिका हो । नेपाल सरकारको घना बस्ती भएको क्षेत्रहरुलाई जनसख्ंयाको आधारमा नगरपालिकाको रुप दिई क्रमिक गतिमा भौतिक सुविधा सम्पन्न बनाई स्थानीय आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्ने नीति अनुरुप वि.सं. २०५३ सालमा भौतिक पुर्वाधार विना नै स्थापना भएको हो । दैलेख एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला हो भने यो जिल्लामा हालको संघीय संरचना अनुसार ४ वटा नगरपालिका र ७ वटा गाँऊ पालिका रहे अनुसार नारायण नगरपालिकामा जिल्लाको प्रशासनिक केन्द्र र सदरमुकाम रहेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत भन्दा ६७ किलोमिटर उत्तरतर्फ रहेको यस नगरपालिका समुन्द्र सतहदेखि कम्तीमा न्यूनतम(चुप्रा)८२० र अधिकतम(ओखरबास)१६८०मी उचाई र न्यूनतम तापक्रम ५ डिग्री र अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस तथा औषत १८०० मिमि वर्षा रहने यस न.पा को क्षेत्रफल ११०.६३ वर्ग किलोमिटरमा अवस्थित छ । समशितोष्ण हावापानी पाइने र र ११ वटा वडा रहेको यस नपामा २०६८को जनगणना अनुसार २७०३७ रहेको छ । जुन २८ं३५’ देखि २९ं८०’ उत्तरी अक्षांश तथा ८१ं५३’ पूर्वी देशान्तर भित्र पर्दछ ।
पूर्वमा भगवतीमाई गाउँपालिका,पश्चिममा दुल्लु नगरपालिका, दक्षिणमा डुंगेश्वर गाउँपालिका र उत्तरमा महावु र नौमुले गाउँपालिकाले घेरेको यस नपाका बहुसंख्यक मानिसहरु कृषि क्षेत्रमा नै निर्भररहेका छन ।दैलेख जिल्लाको सदरमुकाम समेत रहेको यस नगरपालिकामा कोटिला,कोतगढी,वेलासपुर मन्दिर,पञ्चदेवल कृतिदेवल ,वागमानी,राइली त्रिपानी जस्ता पर्यटकीय स्थलहरुसमेत रहेका छन भने सावँरको छालाको लागि नेपालकै प्रसिद्ध ठाँउको रुपमा दैलेख जिल्ला चिनिने भएकोले सावँरको छाला उत्पादन पनि यसै नारायण नगरपालिका अन्तर्गत पर्ने गर्दछ । ब्राम्हण, क्षेत्री, ठकुरी,गुरुङ्ग,मगर नेवार ,दमाई,सार्की,विश्वकर्मा आदिजस्ता जातजातीहरुको बसाई रहेको यस नपामा बहुसंख्यक मानिसहरु नेपाली भाषा नै प्रयोग गर्दछन ।
सेवाहरु


निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, र सर्जमिन मुचुल्का


उपभोक्ता समितिकोे निर्णय , वडा कार्यालयको सिफारिश, टोल विकास संस्था र अन्य संघसंस्थाको हकमा सम्बन्धित संस्थाको निर्णय, नगरपालिकाको निर्णय, लगत ईष्टेटमेन्ट


सम्बन्धित व्यक्तिको निवेदन,नागरिकता, पतिको मृत्यु दर्ता, पति संगको नाता प्रमाणित, सम्वन्ध विच्छेदको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्र, बसाइ सराइ,३ प्रति पासपोर्ट साइजको फोटो, एकल महिलाको हकमा अबिवाहित प्रमाणितको सर्जमिन मुचुल्का,अपांग परिचय पत्र


निवेदन,नागरिकता,ब्यवसायीको जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा सम्झौता


निवेदन,नागरिकता, अन्य आवश्यक कागजात