FAQs Complain Problems

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सि.एम.सी नेपाल मा कर्मचारी आवश्यक सम्वन्धी सूचना

कर्मचारी आवश्यकता संबन्धी सुचना
प्रथम पटक प्रकाशित मिति २०७७÷०६÷२५
यूरोपियन यूनिएनको आर्थिक तथा युएनएफपिएको प्राविधिक सहयोगमा “कोभिड—१९ को सन्दर्भमा लैङ्गिक हिंसा प्रतिकार्य कार्यक्रम” संचालनका लागि परियोजनाका साझेदार संस्थाहरूका तर्फबाट मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपाल र यस नारायण नगरपालिका (दैलेख) बीच समझदारी भई यस नगरपालिकाका सबै वडाहरुमा उक्त कार्यव्रmम संचालन हुने भएको हुँदा कार्यव्रmमका लागि निम्न पदहरूको करार सेवा आवश्यकता भएकोले योग्यता पुगेका ईच्छुक उम्मेदवारहरूबाट दरखास्त आव्हान गरिएको छ ।
१. सामुदायिक मनोसामाजिक संयोजक— १ जना
न्यूनतम योग्यता ः
–शैक्षिक योग्यता ः स्नातकोत्तर तह उत्तिर्ण गरेको ।
–परामर्श साइकोलोजीमा एम. ए. गरेकालाई विशेष ग्राह्यता दिइने छ । 
–उमेर ः १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । महिला भए १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
अनुभव तथा वाञ्छनीय योग्यता ः
ड्ड    कम्तिमा छ महिने मनोपरामर्शको तालिम लिएको ।
ड्ड    सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुको सुपरिवेक्षण तथा समन्वयको कामको अनुभव भएको ।
ड्ड    लैङ्गिक एवं घरेलु हिंसामा मनोपरामर्शमा सेवाको काम गरेको अनुभव भएको । 
ड्ड    मनोसामाजिक क्रियाकलापको प्रतिवेदन लेखन तथा घटना अभिलेखको अनुभव भएको ।
ड्ड    मनोसामाजिक समस्या भएका केशहरुको प्रेषण तथा अनुगमनको अनुभव भएको ।
ड्ड    टिमसँग मिलेर कामगर्न सक्ने, विभिन्न वडामा कार्यरत मनोसामाजिक कार्यकर्ताहरुसँग संयोजन गर्न सक्ने तथा सक्ने । अन्तरव्यक्ति संचार तथा नेतृत्व सीप भएको ।
ड्ड    स्थानीय तथा राष्ट्रिय स्तरमा लैङ्गिक हिंसा सम्वन्धि जानकार तथा यस्ता हिंसाबाट प्रभावितको मनोसामाजिक सहयोगको आवश्यकता तथा सहयोगको प्रकृयावारे राम्रो जानकारी भएको ।
ड्ड    इमेल, इन्टरनेट,  जानकार तथा प्रयोग गर्ने सीप भएको ।
ड्ड    महिला, दलित, जनजाती, मधेशी, अल्पसंख्यक तथा सीमान्तकृत स्थानीयलाई विशेष ग्राह्यता दिइनेछ ।
२. सामुदायिक मनोसामाजिक कार्यकर्ता ः ८ जना (महिला)
ड्ड    शैक्षिक योग्यता ः एसईई वा सो सरह उत्तीर्ण गरेको । 
ड्ड    उमेर ः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
अनुभव एवं वाञ्छनीय योग्यता
ड्ड    १२ कक्षा उत्तीर्ण गरेकालाई विशेष प्राथमिकता दिइनेछ ।
ड्ड    समुदायमा मनोसामाजिक सहजकर्ता वा सामाजिक कार्यकर्ताको रुपमा अनुभव प्राप्तलाई प्राथमिकता ।
ड्ड    समुदायमा निहित घरेलु तथा लैङ्गिक हिंसा न्यूनीकरण तथा रोकथाममा काम गर्न रुची राख्ने ।
ड्ड    एक जना सामुदायिक मनोसामाजिक कार्यकर्ताले १  वा १  भन्दा बढि वडाहरुमा गई गतिवधिहरु सञ्चालन गर्नुपर्ने भएकोले उम्मेदवार ती सम्वन्धित वडाको हुनुपर्नेछ । सम्बन्धित वडामा योग्य उम्मेदवार नआएमा भौगोगिक सहजताका आधारमा सँगैको वडा वा न.पा. मा सक्षम उम्मेदवार आएमा पनि छनौट गर्न सकिने छ ।
ड्ड    आफुले गरेको कामको प्रतिवेदन बनाउने अनुभव भएको ।
ड्ड    दिइएको उत्तरदायित्व राम्रोसँग वहन गर्न कटिवद्ध रहने ।
ड्ड    स्पष्ट रुपले संचार गर्न सक्ने र आवश्यकता अनुसार गोपनियता कायम गर्ने क्षमता भएको ।
ड्ड    प्रतिस्पर्धा एवं अप्ठ्यारो परिस्थितिमा सहयोग गर्न रुची राख्ने ।
ड्ड    स्थानीय स्तरमा क्लव, महिला समूह, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था,  स्वास्थ्य संस्था तथा वडामा स्थानीय सरकार तथा अन्य गैर सरकारी संस्थाबाट सञ्चालन भएका अन्य कार्यक्रमसँग समन्वयगर्न सक्ने ।
ड्ड    उत्सुक एवं नयाँ विषयवस्तु सिक्न ईच्छा भएकालाई विशेष प्राथमिकता दिइने ।
ड्ड    दलित, जनजाती, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका उम्मेदवारहरुलाई विशेष ग्राह्यता दिइनेछ ।
३. मामला  ब्यवस्थापकः २ जना (महिला)
न्यूनतम योग्यता ः
ड्ड    कम्तीमा पनि १२ कक्षा उत्तीर्ण गरी मनोपरामर्श तथा मनोसामाजिक क्षेत्रमा तालिम, सुपरिवेक्षण गर्ने दक्षता राखेको संस्थाहरुवाट कम्तिमा ६ महिनाको मनोपरामर्श तालिम लिएको हुनुपर्ने छ  । मनोपरामर्शमा एन्म् वा मनोविज्ञान÷मनोपरामर्शमा स्नातक गरेकोले प्राथमिकता दिईने छ । 
ड्ड    कम्तिमा २ वर्ष मनोसामाजिक सहयोगको क्षेत्रमा समुदायमा काम गरेको गरेको हुनुपर्नेछ । मनोपरामशकर्र्ता भई लैङ्गिकतथा घरेलु हिंसा प्रभावित महिलाहरुलाई मनोसामाजिक सहयोग पुर्याउने काममा सहयोग गरेकालाई प्राथमिकता दिईने छ) 
ड्ड    प्रतिवेदन लेखन, तथ्याकं÷जानकारी संकलन, संचार, संयोजनको आवश्यक सीप भएको ।
ड्ड    स्थानीय सरकार, जिल्ला अस्पताल, सुरक्षावास सञ्चालन गरेका संस्था तथा अन्य सहयोगी संघसस्थाहरुसँग कार्यगत सम्वन्ध राख्न सक्ने हुनुपर्ने ।
ड्ड    स्थानीय र विवाहित महिला उम्मेदवारलाई प्राथमिकता दिईनेछ । 
 आवश्यक प्रमाण पत्रहरू ः
ड्ड    निवेदन ।
ड्ड    नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि एक थान ।
ड्ड    न्यूनतम शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि १ थान ।
ड्ड    वाञ्छनीय योग्यता तथा अनुभवका प्रमाणित प्रतिलिपि १ थान ।
योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको  मितिले ७ दिनभित्र (उक्त दिन बिदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समयभित्र यस नगरपालिकाको राजस्व शाखामा रु १,००० अक्षरुपी एक हजार तिरेको सक्कल भौचर, उपर्युक्त कागजात तथा व्यक्तिगत विवरण (बायोडाटा) सहित नगरपालिकाको प्रशासन शाखामा  बुझाउन यो सुचना जारी गरिएको छ ।