सूचना
मेलमिलाप कर्ता सुचीकृत गर्ने सुचना २०७५ ।६।१८
सुचना । सुचना ।। सुचना ।।।
नारायण नगरपालिकाको न्यायीक समितिले उजूरी किनारा लगाउदा अपनाउनु पर्ने कार्यविधि २०७५को परिच्छेल ८ को ५.९ बमोजिम मेलमिलापकर्ताको सूची तयार सम्वन्धी व्यवस्था अनुरुप आजको मितिले १५ दिन भित्र तपशिल बमोजिमका योग्यता, आवश्यक पर्ने वायोडाटा र लाग्ने दस्तुर तिरी मेलमिलापकर्ता सूचीकृतिको लागि यो सुचना प्रकाशित गरेको जानकारी गराईन्छ ।
तपशिल
क कम्तिमा स्नातक तह उत्तिर्ण गरेको ।
ख कुनै राजनीतिक दल प्रति आस्था राखी राजनीतिमा सक्रिय नरहेको ।
ग स्थानीय स्तरमा समाजसेवीको रुपमा पहिचान बनाएको ।
घ मेलमिलापकर्ताको ४८ घण्टा तालिम लिइ मेलमिलापकर्ताको कार्य गर्दै आएको ।
ङ २५ बर्ष उमेर पुरा भएको ।
च रु ५०० को राजस्व शाखाबाट तिरेको दस्तुरको प्रतिलिपी ।
छ अनुसूची ११ बमोजिमको निवेदन सहितको आवश्यक कागजातहरु ।