FAQs Complain Problems

विज्ञप्ती

विज्ञप्ती

विज्ञप्ती

   मिति २०७७।०१।१४ गते ई–कान्तिपुर मा  प्रकाशित “राहतमा कमिसनको लोभः एउटै चामलमा फरक–फरक बिल” भन्ने शिर्षक सम्वन्धी समाचारले यस नारायण नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा मूलुक कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भएकोले पुरै मूलुक नै  लकडाउनको अवस्थामा रहि यसको रोकथाम, नियन्त्रण र उपचारमा लागि रहेको अवस्था छ ।  हरेक स्थानीय तहहरुले आफ्नो ल्याकत र क्षमताले भ्याय सम्म कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचारमा सक्रिय र अग्रगामी भूमिका निर्वाह गरेको सर्वविदितै छ । यस सन्दर्भमा नेपाल सकारकाले गरेको लकडाउनको कारण खाद्यान्न संकटको विषम परिस्थिति सृजना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस नारायण नगरपालिका नगरकार्यपालिकाले मिति २०७६।१२।२१ गते बैठ्क बसी अतिगरिव, अतिविपन्न तथा असंगठित क्षेत्रमा कार्यरत कामदार श्रमिक र मजदुर वर्गको लागि आवश्यक खाद्यान्न वितरण गर्ने निर्णय गरेको थियो । निर्णयानुसार प्रति परिवार चामल २५ के.जि., दाल २ के.जी., तेल १ लिटर, नुन २ के.जी. र सावुन २ पिस हुनेगरि  खाद्य बस्तु तथा सरसफाईका सामाग्रीहरु यस नगरपालिकाका ९५९ घर परिवार र ६६ जना बाहिरबाट आएका श्रमिक तथा मजदुरहरुलाई वितरण गरियो । यसमा नगरपालिकाकाले खाद्यान्न सामाग्रीहरु खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ बमोजिम विषम परिस्थितिमा सार्वजनिक निकायले सार्वजनिक खरिद गर्दा अपनाउनु पर्ने विधि र प्रकृया अपनाइएको छ । तर उक्त समाचारमा यो विषयलाई उल्लेख गरिएको छैन ।  त्यस्तै फरक–फरक बिल पेश गरेको भन्ने सन्दर्भमा एकै पसल वा फर्मबाट एकै पटकमा सबै खाद्यान्न उपलव्ध गराउन नसक्ने अवस्था आएकोले फरक–फरक पसलबाट कोटेशनको माध्यमबाट खाद्यान्न खरिद गरिएको हो । यसरी खरिद गर्दा पसल अनुसार खाद्यान्नको रेट फरक–फरक रहेको भन्ने विषय सम्वन्धित व्यवसायी वा फर्महरुले पेश गरेको बिल अनुसारकै रहेको व्यहोरा जानकारी गराउँदछु । खाद्यान्न सामाग्रीहरुको दररेट व्यापारीहरुले भने बमोजिम ब्राण्ड केहि फरक परेकोले रेटमा समेत केहि फरक परेको भन्ने देखिन्छ । उक्त विषय सम्वन्धित व्यवसायीले रकम भुक्तानी लिदा उनीहरु स्वयंले गरेको लिखितम् भरपाईबाट प्रस्ट हुन्छ । त्यसकारण समाचारमा जनाए अनुसार यो विषयलाई पनि खण्डन गर्न चाहान्छु ।
     त्यस्तै राहतको लागि खाद्य सामाग्रीहरु खरिद गर्दा खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखलाई च.न. १९७३, मिति २०७६।१२।१८ गते औपचारिक पत्र समेत पठाई आवश्यक सहजीकरण गरिदिनहुन भनिएको, र उक्त कार्यालयका कार्यालय प्रमुखसंगको टेलिफोन वार्तामा निजले हाल मौजुदा चामलको दररेट नतोकिएको, अन्य स्थानीय तहहरुले समेत चामल बुकिङ्ग गरेको, उपलव्ध हुनसक्ने चामलको दररेट रु ६२ रहेको, एकै पटकमा ३÷४ सय  क्विन्टल चामल उपलव्ध गराउन नसकिने अवस्था रहेको भन्ने बुझिन आएकोले उक्त कार्यालयबाट तत्कालिन अवस्थामा चामल किन्ने परिस्थिति नमिलेको अवस्था हो । समाचारमा भनिए बमोजिम उक्त संस्थासंग कुनैपनि समन्वय नभएको भन्ने विषयको माथि उल्लेखित तथ्यले खण्डन गर्न चाहान्छु । अर्काे तर्फ जिल्ला उद्योग वाणिज्य संघ दैलेखका जिम्मेवार पदाधिकारीहरुले औपचारिक फोरमहरुमै चामल सहितको राहत प्याकेज व्यापारीहरुसंग खरिद नगरेमा राहतका अन्य प्याकेजहरु (दाल, नुन, तेल र सावुन) मात्र उपलव्ध नगराउनु भनि व्यापारीहरुमा सर्कुलर जारी गरेको भन्ने विषय पटक–पटक आएको देखियो । त्यसकारणले यो विषयलाई पनि खण्डन गर्न चाहान्छु । नगर प्रमुखलाई थाहा नभएको भन्ने सन्दर्भमा कार्यपालिकाले नै निर्णय गरेको र नगर प्रमुखसंगको पटक–पटकको छलफलबाट आवश्यक कार्यहरु गरिएकोले यो विषयको समेत खण्डन गर्दछु ।
जनप्रतिनिधि नै विरोधमा उत्रेको भन्ने सन्दर्भमा राहत सामाग्री खरिद गरि वितरण गर्ने निर्णय कार्यपालिकाको बैठ्कबाटै भएकोले यो विषयको खण्डन गर्न चाहान्छु । त्यस्तै रु ३० लाख बराबरको खाद्यान्न सामाग्री खरिद गरिएको भन्ने सन्दर्भमा रु ३० लाख बराबरको प्रकोप व्यवस्थापन कोष खडा गरी कोरोना भाईरस नियन्त्रण, रोकथाम तथा उपचार सम्वन्धी सम्पूर्ण कार्यहरु यसै कोष मार्फत गरिने भन्ने निर्णय भई हाल सम्म गरिएका समग्र कार्यहरु जस्तै राहत सामाग्रीको खरिद, औषधि खरिद, स्वास्थ्य सामाग्रीहरु खरिद, क्वारिन्टाईन व्यवस्थापन, सुचना सम्प्रेषण र प्रसारण सम्वन्धी कार्यहरु, बजार क्षेत्र भित्र क्लोरिन स्प्रे गर्ने लगायतका समग्र कार्यहरु यसै कोष मार्फत खर्च हुनेगरि गरिएकोले सवै खर्च खाद्यान्न खरिदमा मात्रै नभएको जानकारी गराउँदछु । त्यसकारणले यो विषयको पनि खण्डन गर्न चाहान्छु ।
अन्त्यमा, पत्रकारिता समाज रुपान्तरणको आधार हो । पत्रकारिताले समाज र विभिन्न क्षेत्रका विकृतिहरु र त्यसमा भएका उपलव्धीहरुलाई उजागर गरेको हुन्छ र गर्नुपनि पर्दछ । तर पत्रकारिताको नाममा मनगणन्ते, आधारहिन र अपुष्ट तथ्यलाई प्रकट गर्दै समाजमा भ्रम फैलाउने र आम नागरिकहरुमा कुनैपनि व्यक्ति÷निकाय÷संस्थाहरुबारे नकारात्मक धारणा जगाउने खालको टिप्पणी सान्र्दभिक मानिदैन । पत्रकारिताको आफ्नो कर्म, धर्म, शर्म र मर्म छ । यसै परिदृश्यलाई दृष्टिगत गरि आगामी दिनमा समाचारहरु सम्प्रेषण हुनेछन भन्ने विश्वास लिएको छु ।

छविलाल नेपाली

प्रमुख प्रशासकीय अधिकृत