नारायण नगरपालिकाकाे आ. व. ०७५।०७६ का लागि दोस्रो नगर सभाकाे नीति तथा कार्यतक्रम प्रस्तुत सम्वन्धमा

   विषय         सूचना ।             सूचना ।।             सूचना ।।।
नारायण नगरपालिका दैलेखको आ. व. ०७५।०७६ का लागि दोस्रो नगर सभामा नीति वजेट तथा कार्यक्रम पेस गर्ने कार्यक्रम तपसिल वमोजिमको मिति, समय र स्थानमा हुने भएको र उक्त कार्यक्रममा उपस्थितिका लागि दैलेख जिल्लाका संघ र प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यहरु, जिल्लाका पूर्व माननीय मन्त्री एवं सांसदज्यूहरु जिल्लास्थित सम्पूर्ण राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यज्यूहरु, स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षज्यूहरु, नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु, सम्पूर्ण कार्यालयका प्रमुखज्यूहरु, क्याम्पस प्रमुखज्यू, पूर्व जनप्रतिनिधिज्यूहरु, उद्योग वाणिज्य संघ, गै.स.स.महासंघ र नेपाल प्रत्रकार महासंघका प्रमुखज्यूहरु एवंम सम्पूर्ण संञ्चारकर्मीहरु, महिला, दलित, जनजाती, अपाङ्ग, जेष्ठ नागरिक मञ्चका प्रमुखज्यूहरु, नेपाल वार एसोसियसन, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघका प्रमुखज्यूहरु, नगर शिक्षा समितिका पदाधिकारीज्यूहरु, सम्पूर्ण तहका विधालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरु, सम्पूर्ण विद्यालयका प्रधानाध्यापकज्यूहरु, कर्मचारी, शिक्षक र विद्यार्थीका संघ संगठनका प्रमुखज्यूहरु, वुद्धिजिवी र नागरिक समाजका अगुवाहरु आदिको महत्वपूर्ण उपस्थितीको लागि पत्रचार गरिसकिएको छ । पत्र प्राप्त नभएमा यसै सूचनामार्फत यहाँहरुको उपस्थितिका लागि आमन्त्रण गरिएको व्यहोरा हार्दिक अनुरोध गरिन्छ ।
तपसिल
मिति ः२०७५।३।१०
समय ः दिउँसो १00 वजे
स्थान ः जिल्ला समन्वय समितिको सभा हल, दैलेख ।